नेप्से मङ्गलवार पनि घट्यो

काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक मंगलवार पनि घटेको छ । मंगलबार ६.२४ अंकले घटेर २०६७.२९ को विन्दुमा झरेको हो ।

आज ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रुपैयाँमा किनबेच भएको छ । १३ उपसमूहमध्ये तीन वटाको मात्र समूहगत सूचक बढेको छ । बाँकी १० वटाको घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी र सर्वोत्तम सिमेन्टको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सर्किट लागेको छ भने सिद्धार्थ इन्भेसमेन्ट ग्रोथ स्केम–२ को सेयर मूल्य सर्वाधिक ७।.०८ प्रतिशतले घटेको छ ।

मङ्गलबार, ०६ चैत, २०८०, दिउँसोको ०३:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर