लोड हुँदैछ...

मेनु

विराटनगरको होटलमा बैंक कर्मचारी घिमिरे मृत फेला

विराटनगरको होटलमा बैंक कर्मचारी घिमिरे मृत फेला

विराटनगर । विराटनगरस्थित एक होटलमा सिटिजन बैंकमा कार्यरत कर्मचारी मृत फेला परेका छन् ।

सोमबारदेखि बेपत्ता भएका सिटिजन बैंकका कर्मचारी क्षितिज घिमिरे विराटनगर ९ कलेज रोडस्थित होटल रोयल किचेनमा मृत फेला परेका हुन् ।

घिमिरेको शव होटलको कोठा नम्बर १०९ मा मंगलबार बिहान भेटिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

क्षितिज सम्पर्कविहिन भएको भन्दै आफन्तहरुले सोमबार प्रहरीलाई खोजतलास गरिदिन निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।