लोड हुँदैछ...

मेनु

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौं  । शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का भएको छ । सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गर्ने निर्णय गरेकि छिन् ।

हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरिएको शिक्षा मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी बताए ।

उनका अनुसार सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।