लोड हुँदैछ...

मेनु

चन्द्रिकाको दोहोरो प्रेम सम्बन्धले जन्माएको अपराध : धोकाको बदलामा हत्यापछि आत्महत्या

चन्द्रिकाको दोहोरो प्रेम सम्बन्धले जन्माएको अपराध : धोकाको बदलामा हत्यापछि आत्महत्या

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत २५ वर्षीय नर्स चन्द्रिकाकुमारी दासको हत्या उनका प्रेमीले आत्महत्या गरेका छन् । सिराहाको लहान नगरपालिका–२१ मोतिपुर घर भएका २२ वर्षीय शिवशंकर दासले प्रेमिका चन्द्रिकाकुमारीको हत्या गरेको तीन दिनपछि आत्महत्या गरेका हुन् ।

चार वर्ष अगाडिदेखिको प्रेममा धोका पाएपछि चन्द्रिकाकुमारीको हत्या गरेका शिवशंकरले आफैं पनि आत्महत्या गरेको मोरङ प्रहरीको अनुसन्धानबाट देखिएको छ ।
शिवशंकरले प्रेमिकाको हत्या गरेको तीन दिनपछि आत्महत्या गरेको अवस्थमा आइतबार राति ९ बजे शव भेटिएको छ । नोबल अगाडि रहेको होटेल फाइनको १०२ नम्बर कोठामा झुन्डिएको अवस्था उनको फेला परेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । शिवशंकरले आत्महत्या गरेको होटल चन्द्रिकाकुमारीलाई हत्या गरेको कोठादेखि करिब ३ सय मिटर पूर्वमा पर्दछ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले चन्द्रिकाकुमारीको हत्या उनकै प्रेमीबाट भएको देखाएको थियो । बिहीबार (चैत १ गते) ४ बजेतिर उनको हत्या भएपनि शुक्रबार दिउँसो मात्रै घटना बाहिरिएको थियो । घटनापछि प्रहरीले उनको हत्यामा शिवशंकरकै हात रहेको निश्कर्षसहित खोजी गरिरहेको थियो । उनलाई पछ्याउँदै गएको प्रहरीले आत्महत्या गरेको अवस्थामा उनको शव मात्र बरामद गर्नसक्यो ।

चन्द्रिकाको हत्यामा संलग्नको खोजी गर्ने क्रममा आइतबार राति फाइन होटलमा पुगेको प्रहरीले होटलभित्रको कोठाको पंखामा झुन्डिएको अवस्था शिवशंकरको शव फेला फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डिएसी रञ्जनकुमार दाहालले जानकारी दिए ।

नोबेलको अर्थो विभागमा कार्यरत चन्द्रिकाको घर पनि सिराहाको फुल्काहकट्टी हो । प्रहरीका अनुसार चन्द्रिका र शिवशंकर चार वर्ष अगाडिदेखि रहेको थियो । उनीहरू नातामा सोल्टी–सोल्टिनी हुन् । गत वैशाखमा शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएपछि चन्द्रिका सिराहा घर भएका सिएमए अमित धानुकसँग प्रेम सम्बन्धमा रहेको पाइएको छ । प्रेमिकाले आफूलाई धोका दिएको जानकारी पाएपछि विक्षिप्त भएका शिवशंकरले मलेसियादेखि आएर उनको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

शिवशंकरले हातमा प्रेमिकाको नाममा ‘चन्द्री’ ट्याटु खोपेका थिए । आफूलाई धोका दिएर अर्कैसँग सम्बन्ध बनाएको जानकारी पाएपछि मलेसियाबाटै चन्द्रिकाको हत्या गर्ने योजना बनाएर शिवशंकर आएको अनुसन्धानबाट खुलेको डिएसपी दाहालले बताए । ‘होटलमा आएपछि चन्द्रिकाकुमारीले धोका दिएपछि हत्या गरेको र आफू पनि आत्महत्या गर्ने भनेर चन्द्रिकाको दिदीलाई ह्वाट्अपबाट भिडियो कल गरेको भिडयो फुटेज फेला परेको छ । मदिरा पिएर उनले भिडियोकल गरेको देखिएको प्रहरीले जनाएको छ ।

मलेसियाबाटै ल्याएको कटरले हत्या

विराटनगर–४ बुढाथोकी मार्गमा डा.धिरेन्द्र गिरीको घरमा नर्स चन्द्रिकाकुमारी २ महिनादेखि कोठा बहालमा (डेरा) बस्दै आएकी थिइन् । कोठामा उनी एक्लै बस्दै आएकी थिइन् । चन्द्रिकाले धोका दिएपछि शिवशंकर २७ फागुनमा काठमाडौं आएको पाइएको छ । त्यहाँबाट विहानै माइक्रो चढेर उनी सोही दिन साँझमा विराटनगर उत्रिएका थिए ।

विराटनगरमा चन्द्रिका बस्ने कोठामा पुगेका उनी तीन दिन उनीसँगै बसेको देखिएको छ । त्यसपछि शुक्रबार दिउँसो मदिरा खाएपछि उनको हत्या गरेको अनुसन्धानले देखाएको डिएसपी दाहालले बताए । ‘मदिरा खाएको बोत्तल पनि चन्द्रिकाको कोठामा भेटिएको छ । हत्यामा प्रयोग भएको कार्पेट काट्ने काममा प्रयोग हुने कटर पनि घटनास्थलबाट बरामद भएको छ डिएसपी दाहालले बताए । कटरमा मेड इन मलेसिया लेखिएको छ । कोठामा रहेको बाथरुममा चन्द्रिकाको घाँटी, अनुहारलगायत शरीरका विभिन्न गहिरो चोट लागेको अवस्गथामा शव भेटिएको थियो ।

प्रेमिकाको हत्यापछि भारत पुगेका थिए

चन्द्रिकाको बिहीबार हत्या गरेपछि शवलाई कोठामै छाडेर शिवशंकरले ढोकामा ताला लगाइदिएका थिए । चावी चन्द्रिकाको कोठादेखि उत्तरमा सोही फ्लाटमा बस्ने साथी शुभेच्छा चौधरीलाई दिएर उनी हिँडेका थिए । ‘चन्द्रिका जोगवनी गएकी छिन् । आएपछि यो चाँबी दिनुहोला’ भन्दै उनी सुटकेस बोकेर बिहीबार ४ देखि ५ बजेको बिचमा कोठाबाट निस्किएको पाइएको घटनाको अनुसन्धान गर्दै आएका डिएसपी दाहालले बताएका छन् ।

प्रहरीका अनुसार उनी घटनापछि भारततीर गएको देखिन्छ । त्यहाँ पुगेपछि आफ्नो घरपरिवारका सदस्यलाई आफू भारतको दिल्ली गएको र त्यहीँ रहेको खबर गरेका थिए । उनले परिवारसँग ह्वाट्सएपमा मात्रै कुराकानी गर्ने गरेका थिए । उनी भारत भएको परिवारलाई जानकारी दिएपछि मोरङ प्रहरीले सादा पोशकमा तीन जना प्रहरीको टोली भारत पठाएको थियो ।

त्यसबीचमा शिवशंकरले दाजु बचिलाललाई फेसबुक म्यासेन्जरमा आफू विराटनगर आइसकेको बताएपछि भारतको दरभंगा पुगेको मोरङ प्रहरीका वरिष्ठ सईको नेतृत्वमा गएको टोली फर्किएको थियो । त्यसपछि उनलाई फलो गर्ने क्रममा होटलमा प्रहरी पुग्दा उनले आत्महत्या गरिसकेका थिए ।

अर्कैले हत्या गरेको देखाउन ह्वाटसएप प्रयोग

शुक्रबार चन्द्रिकाकी साथीलाई ९७०२६१३८२२ नम्बरको ह्वाट्सएपबाट शिवशंकरले चन्द्रिका बाथरुममा लडेर रगताम्य भएको फोटो पठाएका थिए । शिवशंकरले आफ्नो नामबाट सिमकार्ड झिकेपनि अमित धानुकले हत्या गरेको देखाउन उनको नाममा ह्वाट्एस बनाएर चन्द्रिकाको साथीलाई रगताम्य भएको फोटो पठाएका थिए । फोटो आएपछि घरधनी हुँदै प्रहरीसम्म खबर पुगेको थियो । त्यसपछि प्रहरीले चन्द्रिकाको कोठाको ढोका फोरेर हेर्दा उनको शव फेला पारेको थियो ।
प्रहरीले उनले प्रयोग गरेको मोबाइल नम्बर (सिम) ट्रयाक गरेर उनी रहेको लोकेसन फलो गरेको थियो । तर, उसले मोवाइल फोन प्रयोग नगरि वाइफाइ भएको स्थानमा जाने र त्यहीँबाट परिवारका सदस्यसँग संवाद गर्ने गरेका थिए । जसले गर्दा लोकेसन यकिन गर्न केही समय लागेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा शिवशंकरको दाइ बचिलाल दासलाई निगरानीमा राखेर उनीसँगको कुराकानीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीले शव भेटिएको दिन नै हत्यामा शिवशंकरकै हात रहेको यकिन गरिसकेको थियो । तर, उनी मोवाइल अफ गरेर फरार भएपछि प्रहरीलाई अनुसन्धानमा समस्या भएको थियो ।बिहीबार र शुक्रबार उनी भारतको आनन्दविहार पुगेको टिकट प्रहरीले फेला पारेको छ । उनी आइतबार विहान जोगवनी हुँदै विराटनगर आएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शिवशंकर खोज्न ३०० प्रहरी परिचालन

विभिन्न तवरबाट घटनामा संलग्नको खोजी गर्दै जाँदा शिवशंकरले प्रयोग गरेको सिमलाई प्राविधिक तवरबाट पनि प्रहरीले अनुसन्धान गर्दै आएको थियो । अनुसन्धान गर्दै जाँदा सीमालगायत विभिन्न ठाउँमा उनको लोकेसन देखिएको थियो । त्यसक्रममा आइतबार दिउँसो ११ बजे विराटनगरको कञ्चनबारी क्षेत्रमा शिवशंकरले प्रयोग गरेको फोनको लोकेसन देखियो ।

विराटनगरमै उनको फोनको लोकेशन देखिएपछि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीसहित तीन सय बढी प्रहरी एक साथ परिचालन भएका थिए । सादा पोशकका ठुलो संख्यामा एक साथ विराटनगरको होटलहरूमा प्रहरी पुगेर शिवशंकरको खोजी गरिएको थियो । प्रहरी उनी बसेको होटलमा दिउँसै पुगेको भएपनि होटलमा इन्ट्री गर्ने बेलामा अर्कै नाम लेखाएकोले प्रहरी फिर्ता भएको थियो । होटलमा उनले ओम शाही नाम टिपाएको पाइएको छ ।

लोकेशन नोबेल आसपास नै देखिएपछि सो क्षेत्रका होटलका प्रत्येक कोठामा प्रहरी पुगेको थियो । त्यसक्रममा फाइन होटलमा पुगेर पुगेर सोधखोज गर्दा एउटा कोठाको ढोका खुलेन । कोठाको पछाडितर्फ रहेको झ्यालमा सिँढी लगाएर हेर्दा भित्र मान्छे देखेपछि प्रहरीले ढोका फोडेको थियो । भित्र पस्दा झुन्डिएको अवस्थामा शिवशंकरको शव भेटिएको डिएसपी दाहालले बताए ।

मृकको शव पोस्टमार्टमका विराटनगरस्थित कोशी अस्पतालमा राखिएकोमा पोस्टमार्टमपछि परिवारले शव लिएर गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।