सोमबार नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं । आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से ३.२७ अंकले बढेर २०७३.५३ को विन्दुमा पुगेको छ ।

सोमबार ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर दुई अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८१८ रुपैयाँमा किनबेच भएको छ ।

सोमबार १३ वटा उपसमूहमध्ये नौ वटाको समूहगत सूचक बढेको छ । चार वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज गोर्खाज फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, पिपुल्स पावर कम्पनी र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वधिक ५।१५ प्रतिशतले घटेको छ ।

 

सोमबार, ०५ चैत, २०८०, साँझको ०५:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर