लोड हुँदैछ...

मेनु

हनी ट्रयापमा पारेर ठगी धन्दा

हनी ट्रयापमा पारेर ठगी धन्दा

विराटनगर । सामाजिक सञ्जालबाट पुरुषहरुलाई हनी ट्रयापमामा पारेर रकम असुलीको धन्दा चलाउने गिरोह विराटनगरमा सक्रिय देखिएको छ । नक्कली आइडी बनाएर पुरुषसँग मित्रता गाँस्दै ‘हनी ट्रयाप’ मा पारेर रकम असुली गर्ने धन्दा पछिल्लो समय बढेको हो ।

सामाजिक सञ्जालमा युवतीको नाममा नक्कली आईडी बनाएर पुरुषसँग चिनजान गरी हनी ट्रयापमा पार्ने नयाँ शैलीको अपराध विराटनगरमा बढेको पाइएको हो ।
सामाजिक सञ्जालमा चिनजान गरेर विभिन्न होटल तथा रेष्टुरेन्टमा भेटन बोलाउने र झुठो मुद्दा लगाएर फसाईदिने भन्दै डर, धम्की र त्रासको आधारमा रकम असुल्ने अपराध बढेको पीडितहरुले बताएका छन् । सुन्दरीलाई जीवनसाथी बनाउने सपनामा पछिल्लो ६ महिनामा मात्रै विराटनगरका २५ भन्दा बढी विवाहित तथा अविवाहित पुरुषहरु हनी ट्रयापको शिकार भएका छन् ।

उनीहरु सबैलाई सामाजिक सञ्जाल फेसबुकमा ‘निशा लिम्बू’ को नाममा रहेको एकाउण्टबाट हनी ट्रयापमा पारी ब्ल्याकमेल गरिएको बताइएको छ । ‘एकदिन फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । कुराकानी भयो, चिनजान भयो । अनि ती युवतीले व्हाट्सएपमा कुुरा गरौं भनेर आफ्नो नम्बर दिईन् । व्हाट्सएपमा कुरा गर्दै गएपछि एकदिन उताबाट प्रपोजल आयो । म सँग प्रेममा परेको बताईन् । मैले स्वीकार गरे । केहीदिनपछि आमा बिरामी भएर नोबेल हस्पिटलमा राखेको भन्दै ३ हजार रुपैयाँ पैसा मागिन । मैले दिएपनि,’ विराटनगरका राजन चौधरी (नाम परिवर्तन) ले भने, ‘दुईदिनमा मैले ती युवतीलाई १० हजारभन्दा बढी पैसा दिईसके । तर, पैसा पाएपछि ब्लक भए ।’

सामाजिक सञ्जालमार्फत् चिनजान गरी माया प्रेमको सम्बन्ध स्थापना गर्ने र आफन्त तथा साथीभाई बिरामीको भएको बहानामा लाखौं रुपैयाँसम्म रकम असुल्ने अपराधको शिकार विराटनगरका मात्रै नभई इटहरीसम्मका पुरुषहरु भएका छन् ।

मिडिया सम्पर्कमा आएका एक पुरुषले भने, ‘सामाजिक सञ्जालमा जोडिएपछि युवतीले कसैसँग फोन अथवा भिडियो कलमा कुरा गर्दिनन् । म्यासेजमा मात्रै कुरा हुन्छ । भ्वाइस रेकर्डकोे रिप्लाई पनि म्यासेजमै आउँछ ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।