इलाम क्षेत्र नम्बर २ उपनिर्वाचन : एमाले इलामले गर्‍यो सुहाङसहित ६ जनाको नाम सिफारिस

विराटनगर । नेकपा एमाले जिल्ला कमिटी इलामले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।

आइतबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले उम्मेदवारीका लागि निवेदन दिएका सबैको नाम पार्टी केन्द्रमा पठाउने निर्णय गरेको छ ।

यहाँ एमालेले उम्मेदवार तय गर्नका लागि जिल्ला पार्टी कमिटी उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। सो कार्यदलमा ६ जना आकाक्षिले निवेदन दिएका थिए । सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल र रिप्पल राईले उम्मेदवारीका लागि पार्टीमा निवेदन दिएका थिए।

जिल्ला कमिटी उपाध्यक्ष राईले आकांक्षीहरू सबैको नाम पठाइएको जानकारी दिए।

आइतबार, ०४ चैत, २०८०, साँझको ०६:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर