स्थानीय तह कर्मचारी संघ कोशीको अध्यक्षमा खड्का

विराटनगर ।  स्थानीय तह कर्मचारी संघ नेपाल कोशी प्रदेशको अध्यक्षमा महेन्द्र खडका निर्विरोध निर्वाचित भएका छन् ।

शनिवार सुनसरीको इटहरीमा भएको प्रथम अधिवेशनले खडकाको नेतृत्वमा १५ सदस्यीय समिति चयन गरेको हो । खडका मोरङको बेलबारी नगरपालिकामा कार्यरत छन ।

समितिको उपाध्यक्षका विश्वजित राई, महिला उपाध्यक्षमा अनिता कोइराला, सचिवमा किशोर कुमार कार्की,सहसचिवमा रामचन्द्र यादव, र ज्ञान बहादुर राई चयन भएका छन् ।

कोषाध्यक्षमा रवि सुवेदी चयन भएका छन् ।

आइतबार, ०४ चैत, २०८०, दिउँसोको ०४:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर