तेह्रथुमको जङ्गलबाट शुरू भएको आगलागी नियन्त्रण बाहिर, १६ घर जलेर नष्ट

विराटनगर । तेह्रथुमको फेदाप गाउँपालिका वडा नम्बर १मा लागेको आगो बाट १५ घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायव उपरीक्षकका अनुसार ९ वटा खालि घर र ६ वटा मानिस बस्दै आएका घर जलेर नष्ट भएका हुन ।

‘धेरै घरमा आगोका कारण क्षति भएको छ उनले भने अहिले हाम आगो निभाउने काममा व्यस्त छौ । क्षतिको विवरण एकिन गर्न समय लाग्छ । ’जङ्गलबाट सुरु भएको आगो गाउँमा पसेको थियो ।

गाउँमा पसेको आगो नियन्त्रणमा आए पनि जङ्गलको भने नियन्त्रण भन्दा बाहिर रहेको उनले बताए । आगो निभाउनका लागि स्थानीय प्रहरी र नेपाली सेनाको टोली खटिरहेको प्रहरीले जनाएको छ । ‘उक्त क्षेत्रमा जिल्लाको सुख्खा ग्रस्त क्षेत्र हो ।

पानी अभावका कारण आगो निभाउन समस्या भएको प्रहरीले जनाएको छ । गाउँको छेउमै जङ्गल छ । आज हावाहुरी पनि चलिरहेकाले आगोले उग्र रूप लिन सक्ने अनुमान गरेका छौ’उनले भने । आगलागिको कारण भने खुलिसकेको छैन ।

आइतबार, ०४ चैत, २०८०, दिउँसोको ०४:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर