लोड हुँदैछ...

मेनु

नयाँ मन्त्रीहरूविरुद्ध बालेनको व्यंग्य : हिसाबकिताब गरेर गोजी भरेर निस्किनु पर्ने छ रे !

नयाँ मन्त्रीहरूविरुद्ध बालेनको व्यंग्य : हिसाबकिताब गरेर गोजी भरेर निस्किनु पर्ने छ रे !

विराटनगर ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नयाँ मन्त्रीहरूलाई पनि व्यंग्य गरेका छन्। केन्द्रीय सरकार र नेताविरुद्ध बारम्बार कटाक्ष गर्ने गरेका छन् ।

उनले स्वास्थ्य मन्त्रालयमा भएका एकजना डाक्टरले भनेको भन्दै नयाँ मन्त्रीहरूबारे व्यंग्य गरेका छन् ।

उनले आफूले सुनेको कुरा गलत होस् पनि भनेका छन्।

‘नयाँ मन्त्रीज्यूहरूले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाबकिताब गरेर गोजी भरेर निस्किनु पर्ने छ रे, सरकार जति दिन टिक्छ’, मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसा’बको कुरा मैले सुनेको कुरा गलत होस्। म आशावादी छु सरकारप्रति।’

मेयर बालेनले कसलाई व्यंग्य गरेको भन्ने खुलाएका छैन्न ।

यही फागुन २१ गते एमाले–रास्वपासहितको नयाँ गठबन्धन बनेपछि नया मन्त्रीहरु पनि थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।