काठमाडौं । आजदेखी पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल÷मट्टितेलमा १÷१ रुपैयाँ घटेको हो ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ।
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।
निगमका अनुसार नयाँ मूल्यसूची आज देखी लागु भएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।