पपुलर बोर्डिङ स्कुलले मनायो ११ औं वार्षिकोत्सव

कानेपोखरी । मोरङको कानेपोखरी ७ मा रहेको पपुलर बोर्डिङ स्कुलको ११ औ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।

स्कुलले वार्षिकोत्सबको अवसरमा बुधबार विभिन्न सांस्कृतिक कार्यक्रम गरि तथा अभिभावक बिच खेलकुद कार्यक्रम गरि मनाएको स्कुलको प्रीन्सिपल गोविन्द दाहालले बताए । पपुलर बोर्डिङ स्कुलका डाइरेक्टर चुँडामणि बस्नेतले विद्यालयलाई कानेपोखरी गाउँपालिका भरिकै नमुना विद्यालय बनाउने काम भइरहेको बताए ।

भौतिक संरचनालाई स्तरीकरण गरि उदाहरणीय विद्यालय बनाउने ध्येयको साथ काम भइरहेको स्कुलको डाइरेक्टर बस्नेतले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी काशीनाथ दाहालले स्कुलको शैक्षिक गुणस्तर उकास्नको लागि स्थानीय सरकारले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा विद्यार्थीहरुले कविता, नृत्य, गायन तथा विभिन्न कार्यक्रमहरु प्रस्तुत गरेका थिए । विद्यालयले उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान समेत गरेको थियो । स्कुलले पूर्व विधार्थीहरुलाई सम्मान गरेको थियो । कार्यक्रमको शुभकामना मन्तव्य कानेपोखरी ७ का वडा सदस्य रुबिना ताम्राकारले दिइन् । कार्यक्रममा समाजसेवी, जनप्रतिनिधि, पत्रकार, राजनीतिक दलका नेताहरुको उपस्थिति थियो ।

बुधबार, ३० फागुन, २०८०, दिउँसोको ०४:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर