पर्ल एकेडेमी स्कुलले मनायो २९ औं वार्षिकोत्सव

कानेपोखरी । मोरङको कानेपोखरी–६ मा रहेको पर्ल एकेडेमी इङलिस स्कुलले विविध कार्यक्रम सहित २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

स्कुलले वार्षिकोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रम, अभिभावकबिच खेलकुद कार्यक्रम गरेको स्कुलको डाइरेक्टर मनकुमारी गुरुङले जानकारी दिइन् । कार्यक्रममा प्रधानाध्यापकको प्रतिवेदन प्रस्तुत गर्दै पर्ल एकेडेमी इङलिस स्कुलको प्रधानाध्यापक फडेन्द्र अधिकारीले यस स्कुललाई जिल्लाकै नीजि स्कुलमध्ये एक नमुना स्कुल बनाउने काम भैरहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी मोरङ ३ का संघीय संसद डा. सुनिल कुमार शर्माले गुणस्तरीय शिक्षाका लागि आफूले विद्यालयलाई सहयोग गर्ने बताए । कार्यक्रममा विधार्थीहरुले कविता, नाटक, गीत, नृत्य तथा विभिन्न्न कार्यक्रमहरु प्रस्तुत गरेका थिए । विद्यालयले पूर्व विधार्थी तथा पूर्व शिक्षकहरुलाई सम्मानित गरेको थियो । सो अवसरमा विधार्थीहरुले विभिन्न्न परिकारका खानाहरु बनाएर फुड प्रदर्शनी समेत गरेका थिए ।

विद्यालयले कक्षा ११ का विधार्थीलाई स्वागत कार्यक्रम पनि राखेको थियो ।सो कार्यक्रममा सामाजिक व्यत्तित्व, प्रहरी, पत्रकार, नेताहरुको पनि उपस्थिति थियो ।

बुधबार, ३० फागुन, २०८०, दिउँसोको ०४:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर