यतिबेला प्रचण्डलाई विश्वासको मत दिनु बाहेक अरू अप्सन छैन : ओली

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुचित गठबन्धन छाडेर उचित गठबन्धन बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले लिएको पहल कदमी स्वागत योग्य रहेको बताएका छन् ।

उनले विना हिचकिचाहट दिल खोलेर प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् ।

भोलि संसद्‌मा प्रधानमन्त्रीले विश्वासको मत लिँदै छन् । पहिले पहिलेका कुरामा प्रधानमन्त्रीले गल्ती गरेको भए पनि अहिले अनुचित गठबन्धन छाडेर उचित बनाउन पहल कदमी लिनुभएको भन्दै उनले प्रशंसा गरेका छन् । ।

एक ÷डेढ वर्ष पद सुरक्षित हुँदाहुँदै पनि देश अप्ठ्यारोमा पर्‍यो भनेर प्रधानमन्त्रीजीले अहिले चालेका कदम सकारात्मक छ ’, नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘देशभक्त गठबन्धन नयाँ समीकरण बनाउने पहल स्वागत योग्य कुरा हो । ’

प्रचण्ड सरकार असफल भए देश दुर्घटनामा पर्ने खतरा रहेको भन्दै ओलीले विश्वासको मत दिन सांसदहरूलाई निर्देशन दिए । यतिबेला प्रचण्डलाई विश्वासको मत दिनु बाहेक अरू अप्सन नरहेको पनि बताए ।

मङ्गलबार, २९ फागुन, २०८०, साँझको ०६:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर