विराटनगर । राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल विजयी भएका छन् । दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव मंगलबार राष्ट्रिय सभाबाट पारित भएको हो ।
उनको पक्षमा ३९ र विपक्षमा १७ मत पर्यो । मतदानमा जम्मा ५६ जना सांसद उपस्थित थिए । राष्ट्रिय सभामा दाहाललाई माओवादी, एमाले, जसपा र नेकपा एसका सांसदले समर्थन गरेका हुन् ।
कांग्रेसका युवराज शर्मालाई अध्यक्ष बनाइयोस् भनि प्रस्तुत गरिएको प्रस्ताव अस्वीकृत भएको थियो । १७ सदस्यले मात्रै शर्मालाई मत दिएका थिए । शर्मालाई कांग्रेस र लोसपा सांसदले मत दिएका हुन् ।
विजयी भएका दाहाल नेकपा (माओवादी केन्द्र) का हुन ।