विराटनगर । विराटनगरका युवा व्यवसायी विकाश अधिकारी लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५ ‘सी’ का गभर्नर बन्ने भएका छन् ।
अधिकारी आगामी वर्ष सन् २०२४– २०२५ का लागि डिस्ट्रीक गभर्नर बन्ने भएका हुन् । उनी हाल लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५सी का प्रथम भाइस गभर्नर हुन् ।
आगामी वैशाख ८ गते विराटनगरमा हुने डिस्ट्रीक कन्भेन्सनबाट उनी गभर्नरमा निर्वाचित हुने छन् । त्यसको लागि अधिकारी इलेक्ट डिस्ट्रीक गभर्नरको पाँच दिने तालिममा सहभागी हुन आइतबार अमेरिकाको सिकागो प्रस्थान गरेका छन् । आगामी वर्ष अन्तर्राष्ट्रिय प्रोजेक्टहरू डिस्ट्रिक्ट व्यवस्थापन र समुदाय संघ जोडिएर लायन्स ले काम गर्ने योजना रहेको अधिकारीले बताए ।
अधिकारी स्वास्थ्य र शिक्षा क्षेत्रका स्थापित युवा व्यवसायी हुन् । व्यवसायसँगै उनी लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । ‘गभर्नर भएपछि आगामी वर्ष अन्तर्राष्ट्रिय प्रोजेक्टहरू डिस्ट्रिक्ट बेस्थापन हुनेछ र समुदाय संघ जोडिएर लायन्स ले सामाजिक काम गर्ने योजना रहेको छ,’ उनले भने, ‘आफ्नो कार्यकाल भरी सामाजिक कार्यमा सक्रिय भएर लागि पर्नेछु ।’

