लोड हुँदैछ...

मेनु

विराटनगरका विकास अधिकारी लायन्सका डिस्ट्रीक गभर्नर बन्दै, तालिमको लागि अमेरिका प्रस्थान

विराटनगरका विकास अधिकारी लायन्सका डिस्ट्रीक गभर्नर बन्दै, तालिमको लागि अमेरिका प्रस्थान

विराटनगर । विराटनगरका युवा व्यवसायी विकाश अधिकारी लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५ ‘सी’ का गभर्नर बन्ने भएका छन् ।

अधिकारी आगामी वर्ष सन् २०२४– २०२५ का लागि डिस्ट्रीक गभर्नर बन्ने भएका हुन् । उनी हाल लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५सी का प्रथम भाइस गभर्नर हुन् ।

आगामी वैशाख ८ गते विराटनगरमा हुने डिस्ट्रीक कन्भेन्सनबाट उनी गभर्नरमा निर्वाचित हुने छन् । त्यसको लागि अधिकारी इलेक्ट डिस्ट्रीक गभर्नरको पाँच दिने तालिममा सहभागी हुन आइतबार अमेरिकाको सिकागो प्रस्थान गरेका छन् । आगामी वर्ष अन्तर्राष्ट्रिय प्रोजेक्टहरू डिस्ट्रिक्ट व्यवस्थापन र समुदाय संघ जोडिएर लायन्स ले काम गर्ने योजना रहेको अधिकारीले बताए ।

अधिकारी स्वास्थ्य र शिक्षा क्षेत्रका स्थापित युवा व्यवसायी हुन् । व्यवसायसँगै उनी लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । ‘गभर्नर भएपछि आगामी वर्ष अन्तर्राष्ट्रिय प्रोजेक्टहरू डिस्ट्रिक्ट बेस्थापन हुनेछ र समुदाय संघ जोडिएर लायन्स ले सामाजिक काम गर्ने योजना रहेको छ,’ उनले भने, ‘आफ्नो कार्यकाल भरी सामाजिक कार्यमा सक्रिय भएर लागि पर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।