खर्च जुटाउन सम्राटले बनाए मुख्यमन्त्री र मेयरको स्केच

विराटनगर । विराटनगर–२ सम्राट दास दुबै कान कम सुन्छन् । तर, पढाइमा तेज छन । उनी चित्रहरु पनि कोर्छन् । उनले समाजका चर्चित व्यक्तिहरुको स्केच बनाउने गरेका छन् ।

विराटनगरको लिलिपुट स्कुलमा कक्षा ५ मा पढ्ने दासले बुधबार सरस्वती पूजाको दिन आफूले कोरेका स्केचहरुको स्टल नै राखेका थिए । सबैभन्दा अगाडि कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको तस्बिर थियो । तस्बिरको मूल्य ९ सय रुपैयाँ तोकिएको थियो । यस्तै काठमाडौ महानगरपालिकाका मेयर बालेन साहको अर्को तस्विर थियो ।

दासले ती तस्बिर उनले बिक्री गरे । यसबाट आएको पैसा आफ्नै लागि बचत गरी उपचारमा खर्च गर्ने योजना बनाएको उनले सुनाए । उनीसँगै आमा कल्पना दास पनि उभिएकी थिइन् । अरु साथीहरु पनि साथै थिए ।

कोसीका मुख्यमन्त्रीले बालबालिकाको निःशुल्क उपचार गराउन शुरु गरेको थाहा पाएपछि छोराले तस्बिर बनाएको आमा कल्पनाले बताइन् । मुख्यमन्त्री कार्की र मेयर बालेनको तस्बिर घण्टौं मेहनत गरेर बताएको उनको भनाइ छ ।

सम्राटले चित्रकारिताको औपचारिक अध्ययन गरेका छैनन् । उनी युटुव हेरेरै राम्रोसँग चित्र बनाउन सक्छन् । कल्पनाका अनुसार उनीले समाजमा राम्रो काम गर्ने उदाहरणीय व्यक्तिहरुको सूची बनाएर स्केच कोर्ने गर्छन् । यसबाहेक मानिसको जीवन, प्रकृति, देवीदेवता र अन्य विषय झल्कले तस्विर उनले बनाएका छन् ।
विद्यालयका प्राचार्य चिरन्जीवी तिम्सिनाले सम्राटको क्षमतालाइ कदर गर्दै विद्यालय प्रशासनले तस्बिरहरु प्रदर्शनीमा राखिदिएको बताए । सम्राटले बनाएका तस्विर सरस्वती पूजा समारोहमा भाग लिन आएका अभिभावकहरुले खरिद गरिदिएका छन् ।

बुधबार, ०२ फागुन, २०८०, दिउँसोको ०४:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर