

विराटनगर । मोरङ जिल्ला स्तरीय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा विराटनगर क्रिकेट क्लब (विसिसि)र ग्रामथान क्रिकेट क्लब विजयी भई फाइनलमा प्रवेश गरेका छन् ।फाइनलमा प्रवेश गरेसँगै दुवै टिम ए डिभिजनमा प्रवेश गरेको छ ।
पहिलो खेलमा विसिसिले मिल्स क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । फाइनलमा प्रवेश गरेसँगै विसिसि ए डिभिजनमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित १३ ओभरमा ३ विकेट गुमाई ९१ रन बनाएको थियो । जसमा पृथ्वी सुब्बाले २९ रन बनाउँदा विशाल ढकालले २४रन बनाए । विसिसिका अविशेक मण्डलले १ विकेट लिए ।
९२ रनको विजयी लक्ष पछ्याएको विसिसिले ११ दशमलव ३ बलमा २ विकेट गुमाई सो लक्ष्य भेट्टाएको छ । विसिसिका म्यान अफ म्याच राहुल चौधरीले अविजित ५२ रन धिरज कामतले १७ र कृतिक कामतले नटआउट १२ रनको योगदान दिए । मिल्सका विशाल ढकालले १ विकेट विकेट लिए ।
दोस्रो खेलमा ग्रामथान क्रिकेट क्लबले बेलबारी क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको बेलबारीले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाई १ सय १२ रन बनायो । जसमा प्रिवित भगतले २० रन बनाउँदा दिनेश सुवेदीले १७ रन बनाए । ग्रामथानका आशिष् गुप्ताले ३ विकेट लिँदा अनीश सापकोटाले २ विकेट लिए ।
१ सय १घ रनको विजयी लक्ष्य पछ्याएको ग्रामथानले १९ ओभरमा ८ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जसमा म्यान अफ द म्याच सुमन श्रेष्ठ ३३ रन बनाउँदा अन्जर अलिले १५रनको योगदान दिए । बेलबारीका निमेष चापागाईँले सर्वाधिक ४ विकेट लिए ।