लोड हुँदैछ...

मेनु

सुकुम्वासीको घर निर्माणमा मुख्यमन्त्री कार्कीको श्रमदान

सुकुम्वासीको घर निर्माणमा मुख्यमन्त्री कार्कीको श्रमदान

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले विराटनगर १६ दरैहयाका सुकुम्वासी तथा असहाय परिवारको घर निर्माणमा श्रमदान गरेका छन् ।

स्थानीय शिव राईको जस्ताको छानासहितको घर निर्माणका लागि मुख्यमन्त्री कार्कीले श्रमदान गरेका हुन् ।

घर निर्माणपछि आर्थिक अभावमा तीन जना छोराछोरी र लोग्ने स्वासनी गरी पाँच जना परिवारका सदस्य एउटै सानो झुपडीमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । घर निर्माण सामग्री जीवन विकास समाज कटहरीले र घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बललगायतका लुगा, भाडावर्तन, खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका हुन् ।

राईको घर निर्माणमा प्रतिनिधिसभा सदस्य सांसद योगेन्द्र मण्डलले समेत श्रमदान गरेका थिए । मुख्यमन्त्री कार्कीले प्रदेश सरकार गरीव, दलित, सुकुम्वासीको समेत भएकोले सरकार साथमा छ भन्नका लागि घर निर्माणमा श्रमदान गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।