यू–१९ विश्वकप : आज भारतसँग भिड्दै नेपाली टोली

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज सुपर सिक्सको दोस्रो तथा अन्तिम खेल भारतसँग खेल्दै छ ।

पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाली टोलीले आज भारतसँग खेल्न लागेको हो। दुई देशबीचको खेल नेपाली समयानुसार दिउँसो पौने २ बजे शुरू हुनेछ ।

हेड टु हेडमा भारत अगाडि छ । भारतसँग नेपाली युवा टोलीको यो तेस्रो भिडन्त हो । यसअघि भएका दुवै खेलमा फराकिलो अन्तरले भारत विजयी भएको थियो ।

नेपाल र भारतबीच पछिल्लोपटक सन् १०१६ मा यू–१९ विश्वकपमै भेट भएको थियो । जसमा भारत सात विकेटले विजयी भएको थियो ।

त्यसअघि यू –१९ विश्वकपमै सन् २००० मा नेपाल र भारत भिडेका थिए । जसमा पनि नेपाल भारतसँग आठ विकेटले पराजित भएको थियो ।

सुपर सिक्सको पहिलो खेलमा बुधबार नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।

नेपाल सेमिफाइनलमा पुग्ने समीकरणबाट भने बाहिरिसकेको छ ।

शुक्रबार, १९ माघ, २०८०, बिहानको ०८:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर