कोशी अस्पताल कर्मचारी युनियनमा डा.रोशन निर्वाचित

विराटनगर । कोशी अस्पताल विकास समिति कर्मचारी युनियन इकाइको अध्यक्षमा डाक्टर रोशन खड्का निर्वाचित भएका छन् ।
विराटनगरमा मंगलबार भएको इकाइको दोस्रो जिल्ला अधिवेशनबाट उमेश कुमार यादवलाई भारी मतअन्तरले हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।

मंगलबार राति आएको मत परिमाण अनुसार खड्काले २१८ मत ल्याएर अध्यक्षमा निर्वाचत हुँदा उनका प्रतिस्पर्धी उमेशकुमार यादवले ३५ मत मात्र पाए । उपाध्यक्षमा इन्दिरा भण्डारी १३५ मत ल्याएर निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी रेजिना राईले ११६ मत पाइन् ।

सचिवमा आनन्द कुमार सरदारले १२६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुनिल कामतले १०८ मत ल्याए । सह–सचिवमा ओमप्रकाश यादवले १३८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धीले पर्वत कार्कीले १०७ मत पाए । कोषाध्यक्षमा चन्दन यादवले १४३ मत ल्याएर विजय भए । उनका प्रतिस्धर्पी विष्णुप्रसाद शर्माले १०३ मत ल्याए ।

यसैगरी सदस्यहरूमा विधालक्ष्मी सुवेदीले १४८, डा. भुपेशमान राजभण्डारीले २०४, बाबुराम गौतमलले १७०, रमेश कुमार राजवंशीले १५४, जितनारायाण चौधरीले १५५, विजय डोमले १४०, सुवास निरौलाले १५९, सविना चौधरीले १८१, मोहन प्रसाद पौडेलले १५२, अनिलकुमार झाले १३६, चन्देश्वर साहले १५३, यशोदा तामाङले १५०, गंगादेवी कर्कीले १५६ मत ल्याएर निर्वाचित भए ।

कोशी अस्पताल विकास समिति कर्मचारी युनियन इकाइमा ३३० जना मतदाता आवद्ध रहेका छन् । ३३० मा २७३ मत खसेको थियो । कोशी अस्पताल विकास समितिले नियुक्त गरेका कर्मचारीहरु इकामा आवद्ध रहेका छन् ।

बिहिबार, १८ माघ, २०८०, बिहानको ०८:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर