यू–१९ विश्वकप क्रिकेट : २२ वर्षपछि दोस्रो जितको खोजीमा नेपाल

विराटनगर । दक्षिण अफ्रिकामा जारी यू –१९ विश्वकप क्रिकेटमा बुधबार नेपालले सुपर सिक्सको पहिलो खेल खेल्दैछ । सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । दुई देशबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरू हुनेछ ।

समूह चरणमा खेलेका तीन खेलमध्ये नेपाल न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो । अफगानिस्तानलाई हराएपिछ नेपालले सुपर सिक्सको यात्रा तय गरेको थियो ।

सन् २०१६ को क्वार्टरफाइनलमा बंगलादेशविरुद्ध मैदान उत्रिँदा नेपाल हार व्यहोरेको थियो । त्यसको बदला लिने लक्ष्यमा समेत नेपाल रहेको छ ।

यसअघि नेपाल र बंगलादेशको भेट दुई पटक भएको थियो । जसमध्ये एकमा नेपाल र अर्कोमा बंगलादेश विजयी भएको थियो ।

नेपालले २२ वर्षअघि सन् २००२ मा भएको यू–१९ विश्वकप प्लेट च्याम्पियनशिपमा सेमिफाइलनमा बंगलादेशलाई २३ रनले हराएको थियो । फाइनलमा भने नेपाल जिम्बावेसँग पराजित भयो ।

नेपाल र बंगलादेशको दोस्रो भेट सन् २०१६ मा भएको यू–१९ विश्वकपमा भएको थियो । उक्त खेलमा भने बंगलादेशसँग ६ विकेटले पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरिएको थियो । त्यसयता बंगलादेशसँग नेपाली युवा टोलीको भेट भएको छैन ।

सुपर सिक्सका खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट भने बाहिरिएको छ । सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान दुवै विजयी भएसँगै नेपाल बाहिरिएको हो ।

भारत र पाकिस्तानको सुपर सिक्समा समान एक खेलअगावै ६–६ अंक भएको छ । नेपालले अब बाँकी दुवै खेल जित्दा पनि ४ अंक मात्रै हुन्छ ।

बुधबार, १७ माघ, २०८०, बिहानको १०:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर