सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिरियो नेपाल

विराटनगर । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको छ । सुपर सिक्सका खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको हो । सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान दुवै विजयी भएसँगै नेपाल बाहिरिएको हो ।

भारत र पाकिस्तानको सुपर सिक्समा समान एक खेल अगावै ६–६ अंक भएको छ । नेपालले अब बाँकी दुवै खेल जित्दा पनि ४ अंक मात्रै हुन्छ ।

सुपर सिक्समा नेपालले आज बुधबार बंगलादेशसँग र शुक्रबार भारतसँग खेल्दैछ ।

नेपालसँगै आयरल्यान्ड र न्युजिल्यान्ड पनि ग्रुप ए को सुपर सिक्सबाट औपचारिक रूपमा बाहिरिएका छन् ।

सुपर सिक्समा भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । त्यस्तै पाकिस्तान ३ खेलमा समान ६ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ ।

नेपाल भने २ खेलमा अंकविहीन हुँदै पाँचौं स्थानमा छ । नेपालले हराएको अफगानिस्तान सुपर सिक्समा आउन सकेको थिएन ।

अब बंगलादेश, भारत र पाकिस्तान मध्ये दुई टोली सेमिफाइनल खेल्नेछन् । बंगलादेशले सेमिफाइनल खेल्न नेपाल र पाकिस्तान दुवैलाई फराकिलो अन्तरले हराउँदै नेटरनरेटमा भर पर्नुपर्छ ।

बुधबार, १७ माघ, २०८०, बिहानको ०८:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर