लोड हुँदैछ...

मेनु

गोलघरलाई केपी शर्मा ओली राष्ट्रिय संग्रहालय घोषणा गर्न माग

गोलघरलाई केपी शर्मा ओली राष्ट्रिय संग्रहालय घोषणा गर्न माग

विराटनगर । केन्द्रीय कारागार रहेको गोलघरलाई केपी शर्मा ओली े राष्ट्रिय संग्रहालय घोषणा गर्न माग गरीएको छ ।

मंगलबार अन्वेषण केन्द्र काठमाडौंले आयोजना गरेको ‘संसदमा केपी शर्मा ओली’ ग्रन्थ लोकार्पण कार्यक्रममा गोलघर र त्यसले ओगटेको क्षेत्रलाई केपी शर्मा ओली राष्ट्रिय संग्रहालय घोषणा गर्न माग गरेको हो।

गोलघरमा ओलीले १४ वर्ष जेलजीवन व्यतीत गरेका थिए। ग्रन्थका सम्पादक सानुमैया खड्काले गोलघरलाई केपी शर्मा ओली राष्ट्रिय संग्रहालय घोषणा गर्न माग गरेकी छिन् ।

उनले बिपी कोइरालाले सात वर्ष सुन्दरीजलमा जेलजीवन बिताउँदा बिपी संग्रहालय घोषणा हुन सक्छ भने पञ्चायतविरुद्ध जनता र प्रजातन्त्रका लागि १४ वर्ष कठोर जेलजीवन बताएका नेपाली राजनीतिका शीर्ष व्यक्तित्व ओलीको नाममा गोलघरलाई ओली संग्रहालय बनाउन सकिने तर्क राखेकि छिन् ।

ग्रन्थको लोकार्पण पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन्। सम्पादक खड्काले संसदमा केपी शर्मा ओलीका सम्बोधनमा प्रयुक्त प्रतीक र विम्ब शीर्षकमा विधावारिधिका लागि शोध गरेकी छिन्। त्यसक्रममा ओलीले ०४८ देखि ०७४ सम्म संसदमा गरेको सम्बोधनलाई शोधार्थी खड्काले पुस्तकाकारको रूप दिएकी छिन्। पुस्तकमा ओलीले संसद् बैठकमा भाग लिँदा सम्बोधन गरेको एक सय ७३ वटा सम्बोधन समेटिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।