लोड हुँदैछ...

मेनु

बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

सुनसरी । आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् ।सुनसरीको इनरुवा नगरपालिका–८ गणेशपुरका ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा छोरा २१ वर्षका चिबु रिसिदेव पक्राउ परेका हुन् ।

रिसिदेव टोल बस्ने २१ वर्षीय चिबलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले चिबुलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।