झापा । ५० वर्षीया माया पुलामी मगरको हत्या गरेको अभियोगमा ४६ वर्षीय चन्द्र प्रसाद प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ । विर्तामोड नगरपालिका –५ बस्ने इलाम माई नगरपालिका –१ महमाई माइतीघर भएकी मगरको हत्या गरेको अभियोगमा विर्तामोड नगरपालिका –८ गरामनी घर भई सोही नगरपालिका–५ डेरा गरी बस्ने प्रसाईलाई प्रहरीले पक्राउ गरेको हो ।

झापा अर्जुनधारा नगरपालिका–६ स्थित बिहानी टोल रोड नम्बर १६ भित्र सडकको दक्षिण किनारा बिग ब्रदर कबडहल अगाडि माया माघ ८ गते मृत अवस्थामा फेला परेकि थिईन । घटनाको अनुसन्धानको क्रममा प्रसाईलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रसाईले विवाह गर्ने प्रस्ताव गर्दा मायाले दाहिने आँखामा हातले हानेको विषयलाई लिएर प्रसाईले ढुंगा प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुलेको झापा प्रहरीले जनाएको छ ।

प्रसाई उपर झापा जिल्ला अदालत भद्रपुरबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।