लोड हुँदैछ...

मेनु

एमालेका अध्यक्ष ओली फिल्ममा ‘प्रधानमन्त्री’ बन्ने

एमालेका अध्यक्ष ओली फिल्ममा ‘प्रधानमन्त्री’ बन्ने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फिल्ममा ‘प्रधानमन्त्री’ बन्ने भएका छन् । फिल्म ‘नमेटिने घाउ’मा ओलीले ‘प्रधानमन्त्री’को रोल निर्वाह गर्ने छन्।

उक्त फिल्म निर्माणको घोषणा समेत भएको छ ।आइतबार काठमाडौंको बत्तिसपुतलीमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मको घोषणा गर्दै फिल्ममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली समेत देखिने जनाइएको हो।

फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको फिल्मलाई अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्नेछन्। एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने जनाइएको छ।

एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्ने छिन्। उनले पनि यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन्।

मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो। एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।