लेटाङ । मोरङको लेटाङ नगरपालिका वडा नं.२ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले नव निर्मित भवनको उद्घाटन गरेको हो ।
२ नम्बर वडा अध्यक्ष तेज प्रसाद तिम्सिनाको अध्यक्षतामा भएको समारोहमा लेटाङ नगर प्रमुख भूपेन्द्रकुमार लावती, पूर्व नगरप्रमुख शंकर राई, नगर उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, नगरपालिका प्रवक्ता भुम सुर्यमगर , कर्मचारीहरू, वडा सदस्यहरू, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि , विभिन्न संघ संस्थाका प्रमुखहरू तथा वडावासीको उपस्थितिमा उद्घाटन गरिएको हो ।
भवन जति सुविधा सम्पन्न छ सेवा लाई त्यति नै चुस्त दुरुस्त र नागरिक मैत्री बनाउने वडा अध्यक्ष तेज प्रसाद तिम्सिनाले बताए । यस्तै लेटाङ नपा वडा न। २ मा स्वास्थ्य ल्याब सेवा समेत उद्घाटन गरिएको छ । लेटाङ नगर प्रमुख लावतीले एक समारोहका बिच उद्घाटन गरेका हुन ।

