दुर्गा प्रसाईलाई चप्पल हान्ने व्यापारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी

काठमाडौं । बागलुङ दुर्गा प्रसाईलाई चप्पल हान्ने व्यापारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ। नेपालीहरूके मुक्तिका लागि अन्तिम लडाइँ भन्दै प्रसाई कार्यक्रम गर्न बिहिबार बाग्लुङ पुगेका थिए । प्रसाईलाई चप्पल हान्ने बागलुङ बजारका जुत्ता व्यापारी ३८ वर्षीय रामकान्त गौतमविरुद्ध स्थानीय सुनिल श्रेष्ठले शुक्रबार जाहेरी दर्ता गराएका छन ।

राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका केन्द्रीय संयोजक समेत रहेका प्रसाईका शुभचिन्तकले
‘बागलुङ नगरपालिका –२ को लोकतान्त्रिक चोकमा आयोजित आमसभामा माला लगाएर मंच तिर लादै गर्दा गर्दा बागलुङ नगरपालिका –७ का गौतमले एक्कासि चप्पल प्रहार गरेका थिए । रामकान्त गौतमले अभद्र व्यवहार गरेकोले निजलाई कानुन बमोजिम कारबाही गर्न यो जाहेरी दरखास्त पेश गरेको छु’, जाहेरीमा भनिएको छ।

प्रसाईमाथि हातपात गरेका गौतमलाई जिल्ला प्रहरी कार्यलय बागलुङले बिहीबार नै पक्राउ गरेको छ ।

उनले आफूलाई कुटपिट प्रयास गरिएकोबारे प्रसाईले आफू टाइटनिक जहाज जस्तै भएको बताउँदै आफूसँग ठोक्किएर अरु चकनाचुर हुने टिप्पणी गरेका थिए ।

शुक्रबार, ०५ माघ, २०८०, साँझको ०५:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर