काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्)ले विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने बताएका छन् । बिहिबारबिहीबार साँझ युगाण्डाको कम्पाला उनले त्यहाँका नेपालीहरूसँग भेटवार्ता गर्दै यस्ताृे बताएका हुन ।

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९औँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डा पुगेका प्रधानमन्त्रीलृ त्यहाँका नेपालीहरूसँग भेटवार्ता गर्दै दुखकष्ट बुझ्ने अवसर पनि पाएको बताए । ‘विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन सक्दैन,’उनले भने, ‘विदेशमा रहेका नेपालीहरूका दुस्खकष्ट बुझ्ने अवसर पनि पाए । ’अफ्रिकामा रहेका नेपालीहरू भेट्‌न पाउँदा खुसी लागेको उनले बताए ।

भेटघाटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको बताएका थिए ।

कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको विम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न अपिल गरे ।