लोड हुँदैछ...

मेनु

तराईमा हुस्सु ,पहाडी क्षेत्रमा वर्षाको सम्भावना

तराईमा हुस्सु ,पहाडी क्षेत्रमा वर्षाको सम्भावना

विराटनगर । आज पनि तराईंमा हुस्सु र कुहिरो लागेको छ ।देशका पहाडी भू–भागमा मौसम आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाले जनाएको छ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी क्षेत्रमा आंशिकमात्रामा बदली भएको महाशाले जनाएको छ

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको छ।

हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु र कुहिरोका कारण चिसो बढ्ने भएकोले सतर्क रहन महाशाखाले सचेतसमेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।