लोड हुँदैछ...

मेनु

चिसो बढेपछि आजदेखि विराटनगरका विद्यालय तीन दिन बन्द

चिसो बढेपछि आजदेखि विराटनगरका विद्यालय तीन दिन बन्द

विराटनगर। शीतलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा तीन दिन विदा दिने निर्णय गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै महानगरले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेको हो ।
अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै विदा दिने निर्णय गरिएको महानगरले जनाएको छ । केही दिनयता विराटनगरसहित तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेको छ । मंगलबार दिउँसो विराटनगरको तापक्रम ९ डिग्री हाराहारीमा छ ।

महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले तीन दिनको अवस्था हेरेर थप निर्णय हुने बताए । कक्षा ९ भन्दा माथिका विद्यार्थी सहभागी हुने राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भने सञ्चालन गर्ने निर्णय महानगरले गरेको छ । माघ ३, ४ र ५ गते हुने महानगरपालिकास्तरीय प्रतियोगिता बुधबारदेखि शहीद रंगशालामा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।