लोड हुँदैछ...

मेनु

मेस्सीले जिते फिफा वर्ष खेलाडीको अवार्ड

मेस्सीले जिते फिफा वर्ष खेलाडीको अवार्ड

काठमाडौँ । लियोनल मेस्सीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । गएराति लण्डनमा आयोजित फिफाको वार्षिक कार्यक्रममा मेस्सीलाई २०२३ को वर्ष खेलाडीको उपाधि दिइएको हो ।

मेस्सीले केलियन एम्बाप्पे र इर्लिंग हालाण्डलाई पछि पार्दै फिफाको वर्ष खेलाडीको अवार्ड जितेका हुन् । मेस्सीले यस अघि २०२३ को बेलुन डो अर अवार्ड जितेपछि फिफा वर्ष खेलाडीको अवार्डसमेत जितेका छन् ।

उनले यसअघि २०१९ र २०२२ मा पनि फिफाको वर्ष खेलाडीको अवार्ड जितेका थिए ।

त्यसैगरी स्पेनकी ऐटाना बोनमाटीले फिफा महिला वर्ष खेलाडीको अवार्ड जितेकी छन् ।

त्यस्तै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले फिफाको वर्ष प्रशिक्षकको अवार्ड जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds