लोड हुँदैछ...

मेनु

बलात्कार आरोपमा एकजना पक्राउ

बलात्कार आरोपमा एकजना पक्राउ

विराटनगर । बलात्कार आरोपमा उदयपुरमा एकजना पक्राउ परेका छन् । कटारी नगरपालिका–८, बेलटार मरुवाका ५० वर्षीय टंकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

४५ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।