लोड हुँदैछ...

मेनु

चिसोबाट बच्न धनपालथान ब्ल्याङ्केट वितरण

चिसोबाट बच्न धनपालथान ब्ल्याङ्केट वितरण

विराटनगर । मोरङको धनपालथान गाँउपालिका वडा न. ५ मा ज्येष्ठ, अपाङ्ग र अतिविपन्न परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको छ । हुस्सुसँगै शितलहर चल्न थालेकोले ती समुदायलाई चिसोबाट जोगाउन ३०० थान ब्ल्याङ्केट वितरण गरिएको वडाध्यक्ष गयानन्द सरदारले जानकारी दिए ।

अन्य वडाको तुलनामा पछाडि परेको उक्त वडामा ९५ प्रतिशत दलित समुदायको बसोबास छ । उक्त समुदायको आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुलाई सहयोग गरेको सरदारले जानकारी दिए ।

गाँउपालिकाले विनियोजन गरेको चार लाख रुपैयाँ बजेटमध्येबाट ब्ल्याङ्केट वितरण गरिएको हो । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डलको उपस्थितिमा उनीहरुलाई ब्ल्याङ्केट वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।