विराटनगर । तेली  कल्याण समाज नेपाल मोरङ्गले सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । एक भव्य कार्यक्रम आयोजना गरि समाजमा योगदान पुर्याउने विभिन्न क्षेत्रका सजातीय व्यक्तिहरुलाई सम्मान गर्ने भएको हो ।

कृषि, व्यवसायी, विद्यार्थी, लगायत समाजमा योगदान दिने विभिन्न सामुदायका व्यक्तित्वहरुलाई सम्मान गरिने  तेली कल्याण समाजका अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिए । आउँदो चैत पहिलो साता ११ विधामा सम्मान गर्ने बैठकले निर्णाय गरेको उनले बताए ।

सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नको लागि आजैबाट गृहकार्य गर्न गराउन निर्णय गरिएको कार्यक्रम संयोजक उचित नारायण साहले बताए ।

सो वैठकमा उपसमितिका सदस्यहरु, जिल्ला समितिका अध्यक्ष डा. बालकृष्ण साह, सचिव शुनिल साह, कोषाध्यक्ष रोहित साह, सल्लाहकारहरु नरेन्द्र साह र महेश कुमार साह, विराटनगर महानगरका अध्यक्ष सञ्जय साह र सचिव जगत लाल साहको उपस्थिति रहेको समिति सदस्य गणेश साहले बताए ।