काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित बिधयेक सहमतिबाटै टुंग्याउनुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक मत बनाएका छन् ।

बिहिबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलहरू सहमतिको धेरै नजिक पुगिसकेको र केही विषयमा अझै छलफल गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाट टुंग्याउनुपर्ने बताए।

त्यस्तै, राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले सहमतिबाटै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंगो लगाउनुपर्ने बताए।
उनले विधेयकलाई पार्टीगत रूपमा मात्रै लिएर बुझ्न नहुने बताए।

सांसद प्रधानले अझै केही समय थप गरेर सहमतिबाटै विधेयक टुंग्याउनुपर्ने बताए।