लोड हुँदैछ...

मेनु

आजको मौसम : तराईमा बिहानैदेखि हुस्सु र कुहिरो

आजको मौसम : तराईमा बिहानैदेखि हुस्सु र कुहिरो

विराटनगर । कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।

तराईका अधिकांश भू–भागहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र गण्डकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने जनाइएको छ ।

महाशाखाका अनुसार आज दिउसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहनेछ।

राति कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहनेछ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।