विराटनगर । कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।
तराईका अधिकांश भू–भागहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र गण्डकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने जनाइएको छ ।
महाशाखाका अनुसार आज दिउसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहनेछ।
राति कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहनेछ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

