काठमाडौं । भुटानमा जन लोकतान्त्रिक पार्टीले बहुमत ल्याएपछि प्रधानमन्त्री छिरिङ तोग्बे हुने भएका छन्।

तोग्बे नेतृत्वको जन लोकतान्त्रिक पार्टीले बहुमत ल्याएको भुटानको निर्वाचन आयोगले बुधवार सार्वजनिक गरेको हो।

भुटानको कुल ४७ सदस्य सदनमा तोग्बेको दलले एकल ३० सिट ल्याएका छन । बाँकी सिट बीटीपी दलले पाएको छ।

मंगलबार भएको चुनावमा ६५.६ प्रतिशत मत खसेको थियो। तोग्बे यसअघि सन् २०१३ देखि २०१८ सम्म प्रधानमन्त्री भएका थिए।

रोजगार बढाउने र अर्थतन्त्र सुधार गर्ने मुद्दामा चुनाव लडेका तोग्बेले चुनावी नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ‘भुटान व्यापारलाई खुला भएको’ पोस्ट गरेका छन् ।