विराटनगर । कोशी प्रदेशका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टले केही नेताले असन्तुष्टि पोख्दैमा केही नहुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीलाई लक्षित गर्दै उनले त्यस्तो बताएका हुन ।

सभामुख पदमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले निर्णय नगरेकाले केहि फरक नपर्ने बताए ।

‘केही मान्छेले भन्दैमा केहि फरक पर्दैन,’ उनले भने ‘पार्टीले निर्णय गरेको छैन ।’ सत्ता गठबन्धनको समर्थनमा आफ्नै दलका सांसद विष्टलाई सभामुख बनाउने तयारी भएपछि राप्रपाका वरिष्ठ नेता लोहनी पक्ष रुष्ट बनेको थियो । कोशीमा सभामुख लिने निर्णय केन्द्रमा नभएको लोहनीले बताएका थिए ।

गठबन्धनसँगै एमालेले समेत समर्थन गरेपछि विष्ट निर्विरोध निर्वाचित भएका थिए । सभामुख विष्टले सबै दलका नेताहरूसँग समन्वय गरेर प्रदेशसभा नियमावलीअनुसार प्रदेशलाई अगाडि बढाउने बताए ।पार्टीको एजेन्डा प्रदेश खारेज गर्ने भन्ने छ, तपाईँ त त्यही प्रदेशमै सभामुख बन्नुभयो नि रु भन्ने प्रश्नमा विष्टले आफूले मात्रै नभई अरूले पनि यसै गरेको प्रतिक्रिया दिए ।

‘मैले मात्र होइन, अरूले पनि पद पाउनुभएको छ,’ उनले भने, बागमतीमा र लुम्बिनीमा पनि हुनुहुन्छ,’ उनले थपे ।