काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले काठमाडौँ मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा. विशद दाहालको कारबाही फुकुवा गर्न काठमाडौँ विश्वविद्यालयलाई निर्देशन दिएका छन्।
काठमाडौँ विश्वविद्यालयको सहकुलपतिका समेत रहेका राईले विश्वविद्यालयले तय गर्ने मापदण्ड जारी भएपछि मात्रै चिकित्सकहरूलाई स्वास्थ्य शिविरमा परिचालन गराउन निर्देशन दिएका हुन ।
उक्त कलेजले १२ दिनअघि डा। दाहाललाई खटाइएको शिविरमा नगएका कारण निलम्बन गरेका थिए ।
उक्त कारबाही नियम सङ्गत नभएको संसदीय समितिमा समेत आवाज उठेको थियो। कलेजका सञ्चालक समेत रहेका प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले भने कारबाही फुकुवा नहुने बताउँदै आएका छन् ।

