नेतामुखी विकास रोकेर प्रदेशमुखी विकासका योजना बनाउन मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेतामुखी विकास राेक्न र प्रदेशमुखी विकासका लागि याेजना बनाउन निर्देशन दिएका छन् । संघीय सरकारमा समपुरक र विशेष अनुदानका लागि काेशी प्रदेशले कस्ता याेजना प्रस्ताव गर्ने विषयक छलफलमा साेमबार मुख्यमन्त्री कार्कीले नेतामुखी विकासले निरास भएका युवा तथा समग्र प्रदेशवासीमा आशा जगाउने याेजना ल्याउन निर्देशन दिएका हुन् ।

´उद्याेग मन्त्रालयमा उद्यम विकास र प्रविधि हस्तान्तरणका लागि आएकाे बजेट जिल्लामा छरेर उद्यम विकास हुन्छ ?,` उनले भने, ´निरिहता नदेखाअैां, सिर्जनात्मक बनाैं । युवाहरूमा आशा जगाउन सिर्जनात्क बन्ने कि नबन्ने ? याे प्रदेशवासीकाे प्रश्न हाे ।` मुख्यमन्त्री कार्कीले याेजना नै छान्ने हाे भने याेजना आयाेगबाट छान्ने कि नछान्ने, कि नेताकाे खल्तिबाट निकालेकाे याेजनामा रमाएर बस्ने भन्दै मन्त्रालयका सचिवहरूलाई प्रश्न गरेका थिए। त्यसैले अहिले याेजना बैंक निर्माण गर्न लागि परेकाे र अब याेजना बैंककाे याेजनामा मात्रै प्राथमिकता क्रममा बजेट विनियाेजन हुने उनकाे भनाइ थियाे ।

´प्रदेशवासी उद्याेगी र धनी भएपछि मात्रै प्रदेश आत्मनिर्भर हुन्छ,` मुख्यमन्त्री कार्कीले भने, ´त्यसैले उद्याेगीलाई आकर्षित गर्ने र प्रविधि हस्तान्तरण गर्ने बजेटलाई उपयाेग गराैं ।`नयाँ आकर्षक याेजना नबनाउने तर भएकाे बजेटमा लुछाचुडी गरिरहने भन्दै उनले सचिवहरूलाई प्रश्न गरेका हुन् ।

´सिर्जनात्मक बनाैं, खानेपानीमा नयाँ याेजना ल्याअैां र १० यूनिटसम्म खानेपानी निःशूल्क दिएर ११ यूनिटबाट १ बाट गणना गरेर महसुल लिअैां,` उनले भने, ´प्रदेशवासीलाई निःशूल्क खानेपानी खुवाउन कुनै समस्या छ ? १० यूनिटभन्दा बढी पानी खपत गर्नेले तिरेकाे पैसाले पुग्दैन ?` पर्यटन क्षेत्र फष्टाएन भन्ने तर गाउँका पटुवा धुने पाेखरी र घर छेउकाे मन्दिरमा बजेट दिएर पर्यटन व्यवसाय कहाँ चल्ने भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका थिए ।

मन्त्रालयका सचिव र कर्मचारीहरू सिर्जनात्मक याेजना ल्याएर काम नगरेसम्म प्रदेशवासीमा आशाकाे सञ्चार नहुने मुख्यमन्त्री कार्कीले सुनाए । ´काेशी प्रदेशकाे पर्यटन र कृषि क्षेत्रका लागि परिवर्तनकारी याेजना ल्याएर युवालाई आकर्षित गर्नुकाे विकल्प छैन,` उनले भने, ´त्यसैले टालटुले याेजना ल्याएर, लुछाचुडी गर्ने व्यवहार त्यागेर सिर्जनशील बन्नुकाे विकल्प छैन ।` संघीय सरकारले आउँदाे आर्थिक वर्षका लागि माघ २० गतेभित्र प्रदेश सरकारलाई समपुरक र विशेष अनुदानका लागि याेजना प्रस्ताव गर्न सार्वजिनक सूचना प्रकाशन गरेकाे छ

सोमबार, २३ पुष, २०८०, साँझको ०५:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर