विराटनगर । मोरङको जहदा गाउँपालिका–३ भातिगञ्जमा पानीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । जहदा–३ का फुदन हस्दाको १ वर्षीय छोरी कृति हस्दाको आज बिहान ९ः१५ बजे घरमा भरेर राखेको पानीमा डुबेर मृत्यु भएको हो ।
‘बालिका खेल्ने क्रममा घरमा सिलभरको भाडामा भरेर राखेको पानी रहेछ । तेहि भरेको पानीमा बालिका डुबेकी रहेछिन् । बच्चाकी आमा अजिताले देखेपछि विराटनगरको कोशी हस्पिटल लिएर आको थिए । हस्पिटल ल्याउँदा चिकित्सकले मृत्य घोषणा गरेको छ’, मोरङ प्रहरीका डिएसपी रन्जन कुमार दाहालले भने, ‘घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।’ मृतक बालिकाको पोस्टमार्टम गर्न कोशी अस्पतालमा राखिएको छ ।

