विराटनगर । मोरङ व्यापार संघले आयोजना गरेको ट्रेड एक्स्पो ८० हजार भन्दा बढीले अवलोकन गरेका छन् । एक्स्पो सुरु भएको पाँचौं दिन साँझसम्म ८० हजार टिकट बिक्री भएको र ७ करोड रुपैयाँ भन्दा बढी कारोबार भइसकेको संघले जनाएको छ ।
एक्स्पोमा कृषिजन्य र औधोगिक उत्पादन देखि भान्सारका सामानको स्टलमा उपभोक्ता आकर्षण बढी देखिएको आयोजकले जनाएको छ ।
पाँचदिनमा ८० हजार भन्दावढीले एक्स्पोको अवलोकन गरेको र ७ करोड भन्दाबढीको कारोवार भएको व्यापार संघका अध्यक्ष नविन रिजालले. जानकारी दिए । रिजालले एक्स्पोका कारण आर्थिक गतिविधि बढेको दाबी गरे ।
एक्स्पोमा गाडी र मोटर साइकलको व्यापार पनि राम्रो भएको बताइएको छ । १० दिन चल्ने एक्स्पो चार लाख जनाले अवलोकन गर्ने र करिव १५ करोडको कारोवार हुने आयोजकको विश्वास छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।