ऐन जारी गरेको भन्दै सरकारको प्रसंशा

विराटगनर । कोशी प्रदेश निजामती सेवा ऐन जारी गरेको भन्दै नेपाल निजामती कर्मचारी युनियनले कोशी प्रदेश सरकार र सांसदहरुलाई धन्यवाद दिएका छन् ।

मंगलबार युनियनले एक कार्यक्रम आयोजना गरेर ऐन जारी गर्न भूमिका निर्वाह गर्ने सरकार, सांसद, कर्मचारी र सबै सरोकारवालाहरुलाई धन्यवाद दिएको हो ।

ऐनमा कर्मचारीका विषयमा आउनु पर्ने कपतिपय विषय छुटेको भन्दै संशोधन मार्फत समावेश गर्न त्यस क्रममा ध्यानाकर्षणसमेत गरिएको थियो । कार्यक्रममा छलफलमा रहेको स्थानीय सेवाको गठन, सुविधा र सेवाका सर्त सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि कर्मचारीमैत्री भई पारित हुने विश्वास व्यक्त गरिएको थियो ।

कार्यक्रममा संघीय निजामती सेवा ऐन र स्थानयी सेवाको गठन सम्बन्धी विधेयकमा पर्याप्त छलफल भभएका निजामती कर्मचारी युनियनका मोरङका अध्यक्ष पर्शुराम मण्डलले बताए ।

कार्यक्रममा केन्द्रीय प्रशिक्षण विभागका प्रमुख तथा वरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल र केन्द्रीय अध्यक्ष गोपाल पोखरेलसमेत उपस्थित थिए ।

बुधबार, ११ पुष, २०८०, बिहानको ०८:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर