विराटनगर । कोशी प्रदेशको उत्कृष्ट गन्तव्य रूपमा रहेको बेतना सिमसारले ८ वर्षपछि नयाँ नेतृत्व पाउने भएको छ ।
सोमबार बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राई को अध्यक्षता बसेको सर्वदलीय बैठकले पुस १८ गते साधारण सभा गर्ने सहमति गरेको छ । प्रत्येक तिन वर्षमा साधारण सभा हुने उल्लेख गरी पनि राजनीतिक खिचातानीका कारण साधारण सभा रोकिएको थियो । यस पटक हुने साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ ।
यसअघि २०७३ मा डम्बर बस्नेतको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरीएपनि त्यसयता वार्षिक साधारण सभा समेत हुन सकेको छैन । लामो समयसम्म साधारणसभा नभएपछि उपभोक्ताहरू उपभोक्ता समितिसँग रुष्ट बनेका छन् । उनीहरूले विरोध गर्दै आएका छन् ।
सर्वदलीय सहमति भएपछि निर्वाचन समितिले निर्वाचनको कार्य तालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्य तालिका अनुसार पुस १८ मतदानबाट नँया नेतृत्व चयन हुने छ ।