काठमाडौं । प्रधानमन्त्री कप महिला टी२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो हार बेहोरेको छ । कोशी प्रदेशले हार व्यहोरर्दा एपीएफ क्लब भने अपराजित रहँदै शीर्ष स्थानमा यथावत रहेको छ ।
लिगमा अपराजित रहेको एपीएफले ४ खेलमा अपराजित रहँदै ८ अंक बनाएको छ।
एपीएफले दिएको ८५ रनको मध्यम लक्ष्य एपीएफले १७.३ ओभरमा २ विकेटको क्षतिमा भटाएको थियो । एपीएफका लागि इन्दु बर्मा ३६ र रोमा थापा १० रनमा नटआउट रहे। इन्दुले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरिन्।
ओपनर ज्योति पाण्डे २४ रन बनाउँदा क्याच आउट भइन्। कप्तान सीता राना मगर १८ रनमा बोल्ड आउट भइन्।
कोशीका लागि एलिसा खडिया र निशा शाहले समान एक विकेट लिए।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ८४ रनको योगफल तयार पारेको थियो।
कप्तान रुविना क्षत्री ४१ रनमा क्याच आउट भइन्। ५८ बलमा ४ चौका प्रहार गरेकी रुविना करुणा भण्डारीको बलमा सीता रानागरको हातबाट क्याच आउट भइन्।
काजल श्रेष्ठ २५ र सबनम राई १ रनमा नटआउट रहे। अप्सरी बेगम १३ रनमा क्याच आउट भइन्।