काठमाडौ । सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु भएपछि आक्रोसित स्थानीयले बसमा आगो लगाएका छन् ।

रामेछापको मन्थलीबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को पूर्व अरनिको यातायात सेवा समितिको बसले काठमाडौंबाट खुर्कोटतर्फ जाँदै गरेको बा ६० प ३५४५ नं को मोटरसाइकललाई आज बिहान सुनकोशी गाउँपालिका बोहोरेटार–३ मा ठक्कर दिएको थियो ।

दुर्घटनामा खोटाङको दिक्तेल नगरपालिका–१० रुपाकोटकी १८ वर्षीया मुनाकला राई र खोटाङकै तुवाचुङ नपा–२ का मोटरसाइकल चालक कुमार राईको मृत्यु भएको थियो ।

दुइ जनाको मृत्यु भएपछि आक्रोसित स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै सडक अवरुद्ध गरेका छन् ।