काठमाडौं । सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर बलात्कार मुद्दाको पेसी आजका लागि तोकिएको छ।
यसअघि पनि फैसलाका लागि भनेर पटकपटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन्। पछिल्लोपटक गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए।
लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै गत वर्ष भदौ २१ गते काठमाडौं गौशाला प्रहरी कार्यालयमा एक किशोरीले उजुरी दिएकी थिइन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका लामिछानेलाई २०७९ साल पुस २८ गते पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा गरिदिएको थियो। सर्वोच्च अदालतले गत फागुन दोस्रो साता उनलाई सशर्त विदेश जान दिने अनुमति दिएको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।