मावि तहको जिल्लास्तरीय वादविवाद प्रतियोगिता हुँदै

विराटनगर । माध्यामिक तहका विद्यार्थीहरुबिच मोरङ जिल्लास्तरीय वादविवाद प्रतियोगिता माघ ९ गते हुने भएको छ ।

स्वर्गीय चुडामणी न्यौपानेको स्मृतिमा मोरङको बुढीगंगा ३ नेमुवा स्थित स्मृति इङ्गलिस स्कुलले हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगितामा करिब ५०  विद्यालयको सहभागिता रहने विद्यालयकी संस्थापक प्रिन्सिपल रिता न्यौपानेले बताइन् ।

‘सामाजिक सञ्जालको प्रयोगः नविनतम ज्ञानको प्राप्ति कि समयको दुरुपयोग’ शिर्षकमा हुने वादविवाद प्रतियोगिताका पक्ष तथा विपक्षका उत्कृष्ट तीनलाई नगद सहित प्रमाणपत्र दिइने उनले बताइन् ।

उनका अनुसार पक्ष र विपक्षमा उत्कृष्ट हुने प्रथम द्धित्तिय र तृतिय गरि ६ जनालाई पुरस्कार प्रदान गरिने छ । प्रथमलाई १५÷१५ हजार, द्धित्तियलाई १३÷१३ हजार र तृतियलाई ११÷११ हजार रुपैयाँ नगदले पुरस्कृत गरिने न्यौपानेले बताइन् । मोरङका सामुदायिक तथा संस्थागत विद्यालयबाट १÷१ जनाले भाग लिन सक्ने जानकारी गराउँदै उहाँले विद्यालयले पक्ष र विपक्षका लागि दुई जना विद्यार्थी तयार गर्न सक्ने बताइन् ।

प्रतियोगितामा सहभागिताका लागि विद्यालयहरुलाई आह्वान गरिएको छ । मोरङका सामुदायिक तथा संस्थागत विद्यालयहरुले सहभागिता जनाउन पाउने यस प्रतियोगितामा सहभागिताका लागि प्रति विद्यालय २ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । प्रतियोगिताको निर्णायकहरुमा सिस्नुपानी नेपालका सचिव तथा पाठशाला तथा सेन्टजेभियर्स कलेजका प्राध्यापक सरोज घिमिरे, लेखक तथा साहित्यकार सुविन भट्टराई र जनता बहुमुखी क्याम्पस र कस्तुरी कलेजमा अध्यापनरत प्राध्यापक भेषराज काफ्ले रहने न्यौपानेले बताइन् ।

 

बिहिबार, ०५ पुष, २०८०, दिउँसोको ०४:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर